अध्यक्ष ओलीले प्रस्ताव गरेको पदाधिकारी असमावेशी, आफ्नै पक्षका नेता असन्तुष्ट-Sutra News

अध्यक्ष ओलीले प्रस्ताव गरेको पदाधिकारी असमावेशी, आफ्नै पक्षका नेता असन्तुष्ट

सोमबार, १३ मंसिर २०७८

सोमबार, १३ मंसिर २०७८

नेकपा एमालेको १०औं महाधिवेशनको बन्दसत्रमा निवर्तमान अध्यक्ष केपी ओलीले प्रस्ताव गरेको १९ पदाधिकारीमा दुई जना महिलासहित एक–एक जना दलित र मधेसी समुदायको मात्रै प्रतिनिधित्व भएको छ ।



ओलीले आफ्नो प्रस्तावमा १९ मध्ये १३ जना खसआर्य समुदायबाट पदाधिकारीमा प्रतिनिधित्व गराए पनि अन्य समुदायबाट भने कम प्रतिनिधित्व गराएका छन् ।

एमालेको भावी पदाधिकारी संरचनामा ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा प्रदीप ज्ञवाली, विष्णु रिमाल खस आर्य समुदायबाट छन् ।

ओलीले प्रस्ताव गरेका सात जना सचिवमध्ये टोपबहादुर रायमाझी, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्याल गरी पाँचै जना खस आर्य समुदायका छन् ।

यसैगरी, उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य र सचिवमा अर्याललाई प्रस्ताव गरेर पदाधिकारीमा महिलालाई दुई जनामा सीमित गरेका छन् भने सचिवमा छविलाल विश्वकर्मालाई मात्रै समेटेर एक जना दलितको प्रतिनिधित्व गराएका छन् ।

ओलीको प्रस्तावअनुसार सचिव हुन लागेका रघुवीर महासेठ मधेसी समुदायबाट प्रतिनिधित्व गर्ने एक मात्र एमालेका पदाधिकारी बनेका छन् । जनजाति समुदायबाट उपाध्यक्ष शाक्य, रामबहादुर थापा, सुवासचन्द्र नेम्वाङ, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ गरी चार जना मात्रै आदिवासी जनजाति समुदायबाट छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट