महालक्ष्मी विकास बैंकको २१.५३ प्रतिशत लाभांश प्रस्ताव-Sutra News

महालक्ष्मी विकास बैंकको २१.५३ प्रतिशत लाभांश प्रस्ताव

सोमबार, १३ मंसिर २०७८

सोमबार, १३ मंसिर २०७८

महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्ष ०७७/७८ को लाभांश प्रस्ताव गरेको छ । बैंकको मंसिर १२ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको आधारमा २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।



हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब ३४ करोड २४ लाख २ हजार रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारण सभाले पारित गरेपछि वितरण गर्ने गरी लाभांश प्रस्ताव गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट