म भीम रावलको पक्षमा छु- घनश्याम भूसाल-Sutra News

म भीम रावलको पक्षमा छु- घनश्याम भूसाल

सोमबार, १३ मंसिर २०७८

सोमबार, १३ मंसिर २०७८

काठमाडौँ । नेकपा एमालेका नेता घनश्याम भुसालले आफू अध्यक्ष पदका उम्मेदवार भीम रावलको पक्षमा रहेको बताएका छन् ।



सौराहामा निर्वाचनको तयारी भइरहेका बेलामा उनले आफू भीम रावलको पक्षमा रहेको बताएका हुन् ।

रावलको  पक्षमा वकालत गर्दै भूसालले भने, ‘म भीम रावलको पक्षमा पहिलेदेखि उभिएको छु । जहिलेदेखि भीम रावलमाथि अत्याचार भएको छ, त्यही बेलादेखि उभिराखेको छु ।’

महाधिवेशनमा पदाधिकारी छान्ने जिम्मेवारी केपी शर्मा ओलीले पाउँदा रावलले असन्तुष्टि जनाएका थिए । रावलले ओलीले निर्वाचनमा धाँधली गर्न खोजेको आरोपसमेत लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट