काठमाडौंमा ३ दिने ‘ढाका प्रदर्शनी’ आयोजना हुने-Sutra News

काठमाडौंमा ३ दिने ‘ढाका प्रदर्शनी’ आयोजना हुने

सोमबार, १३ मंसिर २०७८

सोमबार, १३ मंसिर २०७८

नेपाली उत्पादनलाई बजारमा प्रचारप्रसार गर्ने र प्रबर्धन गर्ने उदेश्यले ३ दिने ‘ढाका प्रदर्शनी’ आयोजना हुने भएको छ । ढाका कपडाको उत्पादनलाई आम उपभोक्तामाझ पुर्याउने उदेश्यले आगामी पुस महिनाको २, ३ र ४ गते ढाका प्रदर्शनी हुने भएको हो ।



नेपाल ह्याण्डलुम तथा ढाका कपडा उद्योगी संघको आयोजनामा प्रदर्शनी हुने लागेको हो । पुस २ गते ह्याण्डलुम (हाते तान) तथा ढाका उद्योगी कपडा संघको सम्मेलनको अवसर पारेर सोहि दिनदेखि प्रदर्शनीसमेत सुरु हुने नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्याम गिरिले जानकारी दिए ।

नेपालमा तेह्रथुमे र पाल्पाली ढाकाको प्याटेन्ट र ट्रेडमार्क रहेको गिरीले जानकारी दिए । त्यसमध्ये पछिल्लो समय पाल्पाली ढाकाको कपडाको बजार खस्किएको र त्यसलाई फेरी माथि उकास्न प्रदर्शनीले महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ ।

नयाँ बानेश्वर थापागाउँस्थित बानेश्वर ब्याङ्क्वेटमा हुने प्रदर्शनीमा ४० वटा स्टल राखिनेछ । जसमा २५ वटा स्टल ढाकाका कपडालाई छुट्याइएको छ भने बाँकी १५ वटा स्टल हेम (भाङ) र अल्लोका कपडालाई छुट्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट