महत्वपूर्ण जिम्मेवारीका लागि रिजर्भ गरेर राखेको हुन सक्छ- विशाल भट्टराई  -Sutra News

महत्वपूर्ण जिम्मेवारीका लागि रिजर्भ गरेर राखेको हुन सक्छ- विशाल भट्टराई  

सोमबार, १३ मंसिर २०७८

सोमबार, १३ मंसिर २०७८

काठमाडौँ । नेकपा एमालेका सचेतक विशाल भट्टराईले आफु अध्यक्ष केपी ओलीले तयार पारेको ३०१ केन्द्रिय सदस्यमा नटाएको विषयलाई सामान्य रुपमा लिएको बताएका छन् ।



आफू केन्द्रीय कमिटीमा नअटाएपछि सोमबार सञ्चारमाध्यमसँग बोल्दै नेता भट्टराईले आफुलाई कुनै महत्वपूर्ण जिम्मेवारीका लागि रिजर्भ गरेर राखेको हुन सक्ने उल्लेख गरे ।

निवर्तमान अध्यक्ष केपी ओलीले बन्दसत्रमा पेस गरेको सूचीमा नाम नपरेपछि उनी महाधिवेशनस्थलमा देखिएका थिएनन् ।

उनी खुल्ला र भूगोल दुवै क्षेत्रबाट सूचीमा परेका छैनन् । कार्यालय सचिवका हैसियतमा ‍ओलीलाई नजिकबाट सघाइरहेका भट्टराई नअटाएपछि उनी बन्दसत्रस्थलमा देखिएका छैनन् ।

ओलीको सूचीमा प्रदेश १ भूगोलबाट तिलकुमार म्याङ्बो, टंक आङबोहाङ, विनोद ढकाल, किशोर अधिकारी, बसन्त नेम्वाङ र राजेन्द्र राई अटाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट