भागबण्डा मिलाउन कांग्रेसको प्रदेश अधिवेशन सर्यो-Sutra News

भागबण्डा मिलाउन कांग्रेसको प्रदेश अधिवेशन सर्यो

सोमबार, १३ मंसिर २०७८

सोमबार, १३ मंसिर २०७८

नेपाली कांग्रेसको प्रदेश अधिवेशन दुई दिन पर सारिएको छ । शिर्ष नेताहरुकै सहमतिमा अधिवेशनको मिति सारिएको हो ।



सोमबार प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाबीच भएको छलफलबाट प्रदेश अधिवेशनलाई दुई दिन पर सार्ने निर्णय भएको हो ।

यसअघिको कार्यतालिका अनुसार मंसिर १५ गते उम्मेदवारी दर्ता गरी १६ र १७ गते प्रदेश अधिवेशन गर्ने निर्णय भएको थियो । शिर्ष ३ नेताबीच आज सोमबार भएको सहमति अनुसार अब १७ गते उम्मेदवारी दर्ता गरि १८ र १९ गते सातै प्रदेशको अधिवेशन गर्ने निर्णय भएको हो ।

शिर्ष ३ नेताको छलफलले किन अधिवेशनको मिति सार्ने निर्णय गर्यो त्यो नखुलाइए पनि भागबण्डा मिलाउनकै लागि मिति सारिएको स्रोतले बतायो ।

कांग्रेसको १४औं महाधिवेशन आउँदो मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट