शेरधन राईले गरेको ‘नमस्कार’लाई ओलीले नदेखेझैं गरेपछि…-Sutra News

शेरधन राईले गरेको ‘नमस्कार’लाई ओलीले नदेखेझैं गरेपछि…

सोमबार, १३ मंसिर २०७८

सोमबार, १३ मंसिर २०७८

काठमाडौँ । नेकपा एमालेको महाधिवेशन चितवनमा जारी छ । सर्वसम्मत रुपमा नेतृत्व चयनको वातावरण  नमिलेपछि अहिले चुनाव हुने प्रक्रियामा छ ।



एमालेका उपाध्यक्ष भीम रावलले अध्यक्षमा उठ्ने अडान नछाडेपछि चुनाव हुन बाध्य भयो । त्यसैले अध्यक्ष केपी शर्मा ओलीले पनि मनोनयन गर्नुपर्यो ।

उनले उम्मेदवारी दर्ता गर्ने क्रममा एक दृश्य देखियो । उनी उम्मेदवारी दर्ता गर्ने दौरानमा हुँदा एमालेका नेता तथा प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईले उनलाई नमस्कार गरे ।

तर शेराधन राईको नमस्कार ओलीले फ़र्काएनन् । राईले नमस्कार गरेर हात जोडीरहे तर ओलीले न नमस्कार फर्काए न त कुनै प्रतिक्रिया दिए ।

ओलीले तय गरेको पदाधिकारीको लिष्टमा शेरधन राई परेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट