एमाले महाधिवेशनः राति नौ बजेदेखि एक बजेसम्म मतदान-Sutra News

एमाले महाधिवेशनः राति नौ बजेदेखि एक बजेसम्म मतदान

सोमबार, १३ मंसिर २०७८

सोमबार, १३ मंसिर २०७८
;f}/fxf,!# dlª;/M g]skf -Pdfn]_ dtbfg:yn ;f}/fxfdf ;f]daf/ x'g] g]kfn sDo'lgi6 kf6L{ -Pdfn]_sf] bzf}F /fli6«o dxflwj]zgsf nflu tof/ ul/Psf] dtbfg:yn . tl:a/Mk|bLk/fh jGt÷/f;;

एमालेको ३०१ केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यमध्ये निर्विरोध हुन नसकेका पदमा सोमबार राति नौ बजेदेखि एक बजेसम्म मतदान हुने भएको छ ।निर्वाचन आयोगको संशोधित कार्यतालिका अनुसार मतदानको कार्यक्रम पुनः पछि धकेलिएको हो ।



निर्वाचन प्रक्रियासँगै सर्वसहमतिको प्रयास भइरहेका बेला निर्वाचन समितिले निर्वाचन कार्यक्रम संशोधन गर्दै मतदानको समय निर्धारण गरेको हो ।

संशोधित कार्यतालिका अनुसार सोमबार अपरान्ह तीन बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन हुनेछ ।अध्यक्ष, उपाध्यक्ष र सचिवसहित केही केन्द्रीय सदस्यका पदमा निर्विरोध हुन सकेको छैन । अधिकांश क्लस्टरबाट निर्वाचित हुनेहरू निर्विरोध निर्वाचित भइसकेका छन् ।

आवश्यकताभन्दा बढी उम्मेदवारी दर्ता भएका पदमा सहमतिको प्रयास जारी राखिएका कारण निर्वाचन कार्यतालिकामा संशोधन गर्नु परेको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट