हिमालयन बैंकको नयाँ शाखा मणिग्राम चोकमा-Sutra News

हिमालयन बैंकको नयाँ शाखा मणिग्राम चोकमा

सोमबार, १३ मंसिर २०७८

सोमबार, १३ मंसिर २०७८

हिमालयन बैंक लिमिटेडले थप एक नयाँ शाखा विस्तार गरेको छ । बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा लुम्बिनीको रुपन्देहीमा स्थित तिलोत्तमा नगरपालिका– ५ मणिग्राम चोकमा नयाँ शाखा विस्तार गरेको हो ।



बैंकले उक्त शाखाबाट सम्पुर्ण ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ सुविधाहरु उपलब्ध गराउनेछ । यस शाखाका साथै हाल बैंकको कूल शाखा संख्या ७२ र विस्तारित काउन्टर संख्या ५ पुगेको छ भने एटिएम बुथ संख्या १४६ रहेको छ । यसको ५ हजार भन्दा बढी पिओएस टर्मिनल्स संख्या पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट