बलात्कार मुद्दामा परेका चिनियाँ नागरिकलाई छुटाइदिन्छु भन्दै २० लाख माग्ने एक महिला पक्राउ-Sutra News

बलात्कार मुद्दामा परेका चिनियाँ नागरिकलाई छुटाइदिन्छु भन्दै २० लाख माग्ने एक महिला पक्राउ

सोमबार, १३ मंसिर २०७८

सोमबार, १३ मंसिर २०७८

काठमाडौँ । जबरजस्ती करणी उद्योग मुद्दामा पक्राउ परेका चिनियाँ नागरिकलाई छुटाइदिन्छु भन्दै २० लाख रुपैयाँ मागेर फरार भएकी एक महिला पक्राउ परेकी छन् ।



पक्राउ पर्नेमा २७ वर्षीया रबिना थापा रहेकी छन् । उनले  जबरजस्ती करणी उद्योगमा पक्राउ परेर डिल्लीबजार कारागारमा रहेका चिनियाँ नागरिक लिउ युउलाई थुनामुक्त गराइदिने भन्दै २० लाख रूपैयाँ लिएर फरार भएकी थिइन् ।

रबिनाले मञ्जु ओलीको सहयोगमा चिनियाँ नागरिकको श्रीमती कमला भुसालसँग २० लाख रूपैयाँ मागेकी थिइन् ।

चितवन रत्ननगर नगरपालिका ३ टाँडी घर भई हाल सुकेधारा बस्दै आएकी भुसालसँग काभ्रेपलाञ्चोक पनौती नगरपालिका १० घर भई सुकेधार नै बस्ने रबिनाले जेलबाट छुटाउने भन्दै २० लाख रुपैयाँ मागेकी थिइन् ।

उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट