आज १ जनाको मृत्यु, २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि-Sutra News

आज १ जनाको मृत्यु, २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि

सोमबार, १३ मंसिर २०७८

सोमबार, १३ मंसिर २०७८

सोमबार नेपालमा २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७ हजार २३१ पीसीआर र २ हजार ६५७ जनाको एन्टीजेन परीक्षणका क्रममा २५९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



नेपालमा हालसम्म कुल संक्रमितको संख्या ८ लाख २१ हजार १ सय २१ जना पुगेको छ । कुल संक्रमितमध्ये ६ हजार ९४४ जना सक्रिय संक्रमित छन् । सोमबार २६४ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ८ लाख २ हजार ६ सय ५३ पुगेको छ ।

कोरोनाकै कारण १ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५२४ पुगेको छ । हाल ९८ जना क्वारेन्टाइनमा छन् । १५९ जना आइसीयू र ३७ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट