सर्लाहीमा आज पनि गोली चल्यो, मतदान अधिकृतसहित प्रहरी र कार्यकर्ता घाइते-Sutra News

सर्लाहीमा आज पनि गोली चल्यो, मतदान अधिकृतसहित प्रहरी र कार्यकर्ता घाइते

सोमबार, १३ मंसिर २०७८

सोमबार, १३ मंसिर २०७८

सर्लाही जिल्लामा नेपाली काँग्रेसको वडा अधिवेशन क्रममा सोमबार पनि झडप भएको छ । जिल्लाको निर्वाचन क्षेत्र ४ स्थित बलरा नगरपालिका -८ मा वडा अधिवेशन गराउन पुगेका मतदान अधिकृतमाथि आक्रमण भएपछि कार्यकर्ता र प्रहरीबीच झडप भएको हो ।



झडपमा मतदान अधिकृत उमेशचन्द्र झासहित ४ प्रहरी र एकपक्षका आधा दर्जन कार्यकर्ता घाइते भएका छन् ।  उनीहरु मध्य मतदान अधिकृतको झाको अवस्था गम्भीर रहेको छ । उनको टाउकोमा चोट लागेको छ । अन्य  घाइतेहरुको पनि जिल्ला अस्पताल मलंगवामा उपचार भइरहेको प्रहरीले जनाएकाे छ   ।

काँग्रेस इतर पक्षले मतदानस्थल वडा कार्यालयमा लैजान खोजेको र संस्थापन पक्षले विद्यालयमा बनाउन खोजेपछि झडप भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी खतिवडाले जानकारी दिए । झडप भएपछि प्रहरीले अश्रु ग्यास प्रहार गरेर भीड तितरबितर पारेको थियो ।

आइतबार पनि विवादकै कारण प्रदेश सांसद एवं प्रदेश २ का महिला तथा बालबालिका मन्त्री वीरेन्द्र सिंहका अंगरक्षकले हवाई फायर गरेका थिए। सोही क्रममा मन्त्रीका निजी सुरक्षागार्ड र अर्का एक सहयोगि घाईते समेत भएका थिए । लगतै बलरा नगरपालिका वडा नम्बर ८ र ९ मा अधिवेशन स्थगित गरिएको थियो । सोमवार पुनः मतदानको तयारी भईरहेको अवस्था झडपको अवस्था सृजना भएको हो ।

सर्लाहीको निर्वाचन क्षेत्र नम्बर ४ मा कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य अम्रेस कुमार सिहं र प्रदेश २ सरकारका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री सिहंविच कडा टक्राव रहँदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट