एमाले महाधिवेशनः केन्द्रीय सदस्यमा जुट्यो सहमति-Sutra News

एमाले महाधिवेशनः केन्द्रीय सदस्यमा जुट्यो सहमति

सोमबार, १३ मंसिर २०७८

सोमबार, १३ मंसिर २०७८

नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यमा सहमति जुटेको छ ।



५३ खुला केन्द्रीय संख्यामा ५४ जनाको उम्मेदवारी परेपछि नेताहरूले सहमतिको प्रयास गरेका थिए । छलफलपछि अर्चना गहतराजले खुला केन्द्रीय सदस्यमा नाम फिर्ता लिएसँगै सहमति जुटेको हो ।

केन्द्रीय सदस्यमा सर्वसम्मतको प्रयास भए पनि दुई जनाले उम्मेदवारी फिर्ता लिन नमानेपछि नेतृत्व अप्ठ्यारोमा परेको थियो । जसकाे कारण अन्तिम नामावली प्रकाशनमासमेत ढिलाई भएको छ ।

एमाले निर्वाचन आयोगले प्रकाशित गरेको कार्यतालिका अनुसार आज राति ९ बजेदेखि बिहान ३ बजेसम्म मतदान हुनेछ । र  मंगलबार बिहान सबेरै मतपरिणाम आउने अनुमान नेताहरुकाे छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट