महाधिवेशनमा अझै लफडा- ९ बजेबाट मतदान हुने सम्भावना कम-Sutra News

महाधिवेशनमा अझै लफडा- ९ बजेबाट मतदान हुने सम्भावना कम

सोमबार, १३ मंसिर २०७८

सोमबार, १३ मंसिर २०७८

नेकपाकाे एमालेको १०औं महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यमा सर्वसम्मत हुन नसकेपछि अन्तिम नामावली प्रकाशनमा ढिलाई भएको छ ।



केन्द्रीय सदस्यमा सर्वसम्मतको प्रयास भए पनि दुई जनाले उम्मेदवारी फिर्ता लिन नमानेपछि अफ्ठ्यारो भइरहेको एक नेताले जानकारी दिए । यही कारण निर्वाचन कार्यतालिका प्रभावित भएको एमाले निर्वाचन आयोगले जनाएको छ ।

केपी शर्मा ओली भने अझै पनि केन्द्रीय सदस्यमा नेताहरूबीच सहमति गराउने प्रयासमा छन् ।

निर्वाचन आयोगले प्रकाशित गरेको कार्यतालिका अनुसार आज राति ९ बजेदेखि बिहान ३ बजेसम्म मतदान हुनेछ । र  मंगलबार बिहान सबेरै मतपरिणाम आउने अनुमान नेताहरुकाे छ । तर, सहमति नजुटेकै कारण राति नै मतदान हुने सम्भावना कम रहेको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट