एमालेको नेतृत्व चयनका लागि मतदान जारी-Sutra News

एमालेको नेतृत्व चयनका लागि मतदान जारी

मंगलबार, १४ मंसिर २०७८

मंगलबार, १४ मंसिर २०७८

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ। मंगलबार विहान ४ बजेतिर सुरु भएको मतदानको सुरुमै अध्यक्षका उम्मेदवारद्धय केपी शर्मा ओली,भीम रावलका साथै अरु नेताहरुले मतदान गरेका थिए। त्यस्तै विष्णु पौडेल, प्रदीप ज्ञवाली, शेरबहादुर तामाङ्गलगायतका नेताले पति मतदान गरेका्।



विद्युतीय मेसिनमार्फत भोट हालेपछि ओलीले भने,’ मलाई त सजिलो लाग्यो मतदान।’ ओलीले ८ मिनेटमा भोट हालिसकेका थिए ।  अध्यक्षमा केपी शर्मा ओली र भीम रावल उम्मेदवार छन् भने ६ उपाध्यक्षका जागि अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र सुवास नेम्वाङ उम्मेदवार छन्।

सचिवका लागि गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टंक कार्की, टोपबहादुर रायमाझी, पद्मा अर्याल, भीम आचार्य, योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्ट प्रतिस्पर्धामा छन्।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट