म्याग्दी जीप दुर्घटनामा ४ को मृत्यु, ४ घाइते-Sutra News

म्याग्दी जीप दुर्घटनामा ४ को मृत्यु, ४ घाइते

मंगलबार, १४ मंसिर २०७८

मंगलबार, १४ मंसिर २०७८

म्याग्दीको घात्पामा गएराती जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् । बेनीबाट यात्रु लिएर गाउँतर्फ जाँदै गरेको ग १ ज ७२ ५२ नम्बरको जीप चिलाउने खर्कमा दुर्घटनामा परेको थियो ।



बेनीबाट रघुगंगा गाउँपालिका जाँदै गरेको जीप दुर्घटना हुँदा रघुगंगाका ४० बर्षिय चालक दुधबहादुर थापा, सोहि गाउँकी वडा सदस्य ३० बर्षिया गौमाया विक, ३० बर्षिय खिम पुन र अन्दाजी ५० बर्षिय खिमनाथ शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जीपमा सवार अन्य ४ घाइतेमध्ये दुई जना गम्भीर रहेको बताइएको छ । उनीहरुलाई उपचारका लागि पोखरास्थित मणिपाल अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट