प्रमुख प्रतिपक्षको विना नै विश्वासको मत लिने कर्णालीका मुख्यमन्त्री शाहीको तयारी-Sutra News

प्रमुख प्रतिपक्षको विना नै विश्वासको मत लिने कर्णालीका मुख्यमन्त्री शाहीको तयारी

मंगलबार, १४ मंसिर २०७८

मंगलबार, १४ मंसिर २०७८

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वासको मत लिने भएका छन् । मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको कर्णाली प्रदेश सभाको बैठकबाट उनले विश्वासको मत लिने तयारी गरेका हुन् ।



मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार उनले मत लिन लागेका हुन् ।

माओवादी केन्द्रका नेता एवं पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सत्ता छाडेपछि कांग्रेस संसदीय दलका नेता शाही कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

सत्ता गठबन्धनसँग प्रदेश सभामा २३ मत रहेको छ । प्रदेश सभामा हाल कायम ३५ सदस्यमध्ये विश्वासको मतका लागि १८ जना आवश्यक पर्छ । माओवादी केन्द्रको १२, कांग्रेसको ६ र समाजवादीका ३ जना सांसद रहेका छन् ।

आज बस्ने प्रदेश सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने अनुपस्थित हुने भएको छ । सांसदहरू पार्टीको १०औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन गएकाले एमाले अनुपस्थित हुने जनाइएको छ ।

शाहीले प्रमुख प्रतिपक्षको अनुपस्थितिमा नै संसद चलाउने र विश्वासको मत लिने तयारी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट