एमालेको निर्वाचन सकियो, परिणाम सार्वजनिक हुन केही समय लाग्ने-Sutra News

एमालेको निर्वाचन सकियो, परिणाम सार्वजनिक हुन केही समय लाग्ने

मंगलबार, १४ मंसिर २०७८

मंगलबार, १४ मंसिर २०७८

नेकपा एमालेको १०औं महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न भएको निर्वाचनको समय सकिएको छ । मतदानको लागि तोकिएको समयभन्दा झण्डै ४५ मिनेट बढी समय लागेको छ ।



औपचारीक रुपमा कति मत खस्यो भनेर घोषणा नभएपनि करिब २ हजार ८० भन्दा बढी मत खसेको केन्द्रीय निर्वाचन समितिका एक सदस्यले जानकारी दिए । निर्वाचनका लागि २ हजार १५३ प्रतिनिधिहरु छानिएका थिए ।

निर्वाचनमा विद्युतीय मेसिन प्रयोग गरिएकाले मत परिणाम छिटो सार्वजनिक हुने अपेक्षा गरिएपनि केहि समय लाग्ने निर्वाचन समितिले जनाएको छ ।

सोमबार राती नै मतदान हुने कार्यतालिका रहेपनि ढिलो गरेर मंगलबार बिहान चार बजेदेखि मात्र मतदान सुरु भएको थियो । चितवनको सौराहमा जारी बन्दसत्रमा मत खसाल्न एमाले प्रतिनिधिहरु रातभर जाग्राम बसेका थिए । प्रतिनिधिहरुको लाइनमै पुगेर उम्मेदवारहरूले भोट मागेका थिए ।

चितवनको सौराहमा आयोजित नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा अध्यक्षसहित केही पदाधिकारी र केन्द्रीय सदस्यहरू चयनका लागि निर्वाचन भएको हो । सबैभन्दा पहिले अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले मतदान सुरु गरेका थिए । अध्यक्षमा ओली र भीम रावल प्रतिश्पर्धा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट