कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट डराइहाल्नु पर्दैनः अमेरिकी राष्ट्रपति वाइडेन-Sutra News

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट डराइहाल्नु पर्दैनः अमेरिकी राष्ट्रपति वाइडेन

मंगलबार, १४ मंसिर २०७८

मंगलबार, १४ मंसिर २०७८

अमेरिकी राष्ट्रपति जो बाइडनले कोरोनाको नयाँ भेरियन्ट आमिक्रोनसँग डराइहाल्नु पर्ने अवस्था नभएको बताएका छन् । सोमबार ह्वाइटहाउसमा बोल्दै बाइडनले नयाँ भेरियन्ट ‘चिन्ताको बिषय’ भएपनि डराउनु पर्ने कारण नभएको बताएका हुन् ।



उनले खोप लगाएकालाई बुस्टर डोज लगाउन समेत आग्रह गर्दै भने– ‘यदि तपाईंले खोप लगाइसक्नु भएको छ र नयाँ भेरियन्टका कारण चिन्तित हुनुहुन्छ भने बुस्टर डोज लगाउनुहोस्’, बाइडेनले थपे, ‘यदि खोप लगाउनु भएको छैन भने लगाइ हाल्नुहोस् । पहिलो डोज लगाउन गइहाल्नुहोस् ।’

प्रमुख खोप निर्मातासँग अमेरिकाका स्वास्थ्य अधिकारीले परामर्श गरिरहेको र ओमिक्रोनको उत्परिवर्तनबारे आउन सक्ने संभावित अपडेटका लागि तयारी गरिरहेको पनि बाइडेनले जानकारी दिए । बाइडेनले लकडाउन वा थप यात्रा प्रतिबन्ध नलगाइकनै ओमिक्रोनलाई नियन्त्रण गर्ने अवस्थामा अमेरिका रहेको दावी गरे ।

बाइडेनले खोप लगाउने र मास्क प्रयोग गर्ने हो भने लकडाउनको अवस्था पनि नआउने बताए । उनले नयाँ भेरियन्टविरुद्ध विद्यमान खोप र बुस्टर डोजले काम गर्न सक्ने संभावना रहेको भनेर प्रमुख मेडिकल सल्लाहकार एन्थोनी फाउचीले बताएको पनि सुनाए । नयाँ भेरियन्टसँग वैज्ञानिक कदम चालेर जुध्ने पनि उनको भनाइ थियो । उनले भने-  ‘भद्रगोल र अलमलको साटो वैज्ञानिक एवं ज्ञानयुक्त कार्य र गतिका साथ यो भेरियन्टसँग लड्ने छौं ।’

अमेरिकाले सोमबारदेखि दक्षिण अफ्रिकासहित अन्य ७ मुलुकबाट हुने हवाइ यात्रामा प्रतिबन्ध लगाउने घोषणा गरिसकेको छ । मानिसहरूलाई खोप लगाउने समय दिन भन्दै यात्रा प्रतिबन्ध लगाइएको बाइडेनले प्रस्ट पारेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट