एमालेको निर्वाचनमा २०९६ मत खस्यो, मत परिणाम ३ बजेसम्म आउने-Sutra News

एमालेको निर्वाचनमा २०९६ मत खस्यो, मत परिणाम ३ बजेसम्म आउने

मंगलबार, १४ मंसिर २०७८

मंगलबार, १४ मंसिर २०७८

नेकपा एमालेको १०औं महाधिवेशनको निर्वाचन कार्यक्रम सम्पन्न भएको छ । आज बिहानै ४ बजेबाट सुरु भएको मतदान पौने ११ बजे सकिएको हो । १० बजेसम्म सयम तोकिएपनि निर्धारित समयमा मतदान सम्पन्न नहुँदा निर्वाचन समितिले आधा घण्टा समय थप गरेको थियो ।



एमालेको निर्वाचन सम्पन्न भएको जानकारी दिंदै जम्मा २०९६मत खसेको निर्वाचन समितिका सदस्य बाबुराम दाहालले जानकारी दिए । उनका अनुसार २१५३ जना महाधिवेशन प्रतिनिधि भएपनि २०९६ जनाले मात्रै मतदान गरेका छन् ।

कार्यव्यस्तताका कारण कतिपयले महाधिवेशन छाडेर फर्किसकेकाले केही मत कम खसेको जनाइएको छ । ५० वटा क्लस्टरमा मतदान गर्नुपर्नेमा ४० वटामा निर्विरोध भएपछि १० वटा क्लस्टरमा मात्र भोटिङ भएको थियो ।

अब प्राविधिक काम सकाएर मतगणना सुरु गरिने दाहालले बताए । अध्यक्ष, उपाध्यक्ष, सचिव लगायतका पदमा मतदान भएको हो । मत गणनाका लागि १ देखि २ घण्टा लाग्ने उनले बताए । मेसिनबाट भोटिङ भएका कारण छिटै मत गणना सकिने हुँदा ३ बजेसम्म मत परिणाम आइसक्ने दाहालले बताए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट