सुनको मूल्यमा निरन्तर गिरावट, आजपनि तोलामा १ सय घट्यो-Sutra News

सुनको मूल्यमा निरन्तर गिरावट, आजपनि तोलामा १ सय घट्यो

मंगलबार, १४ मंसिर २०७८

मंगलबार, १४ मंसिर २०७८
sun

नेपाली बजारमा सुनको भाउ सामान्य गतिमा निरन्तर घटिरहेको छ । आज पनि सुनको मूल्यमा १ सय रुपैंयाँले सामान्य गिरावट आएको छ ।



आइतबार सुनको मूल्य प्रतितोला ९२ हजारमा कारोबार भएकोमा आज तोलामा एक सयले घटेको हो । सोमबार पनि सुनको मूल्य तोलामा एक सयले घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ९ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ४ सय कायम गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्यमा पनि सामान्य गिरावट भएको छ । आइतबार चाँदीको मूल्य प्रतितोला १२२० मा कारोबार भएकोमा आज प्रतितोला १२०५ रुपैयाँ मूल्य कायम गरिएको महासंघले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट