कामना सेवाको एकैदिन दुई शाखा विस्तार-Sutra News

कामना सेवाको एकैदिन दुई शाखा विस्तार

मंगलबार, १४ मंसिर २०७८

मंगलबार, १४ मंसिर २०७८

कामना सेवा विकास बैंकले एकैदिन दुई शाखा विस्तार गरेको छ । बैंकले नवलपरासी, सुस्ता पूर्व जिल्ला देवचुली नगरपालिका– १५ प्रगतीनगर तथा कावासोती नगरपालिका– १६, डण्डा स्थित शाखा कार्यालयहरु विस्तार गरेको हो ।



ग्राहकहरुको सुविधालाई मध्यनजर गरी अत्याधुनिक सुविधायुक्त तरवरले अझै सहज र छरितो रुपमा सेवा प्रदान गर्ने हेतुले हाल सञ्चालनमा रहेको कार्यालयको पुनर्निर्माण गरि संचालनमा ल्याइएको हो ।

संचालनमा ल्याइएका दुवै शाखाको बैंकका अध्यक्ष सुदिप आचार्यले उद्घाटन गरेका थिए ।

ग्राहकहरुलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको यस बैंकले १२९ वटा शाखा, १ वटा विस्तारित काउन्टर तथा ७६ वटा एटीएम मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट