चुनावमा ओलीले मलाई जिते भने केन्द्रीय सदस्यमा पनि बस्दिन- भीम रावल-Sutra News

चुनावमा ओलीले मलाई जिते भने केन्द्रीय सदस्यमा पनि बस्दिन- भीम रावल

मंगलबार, १४ मंसिर २०७८

मंगलबार, १४ मंसिर २०७८

काठमाडौँ । नेकपा एमालेको १० औं महाधिवेशन सौराहामा चलिरहेको छ ।  अहिले मतदान सकिएको छ । अबको केही घन्टामा मतपरिणाम आउने सम्भावना देखिएको छ ।



अध्यक्षमा उम्मेदवारी दिएका भीम रावलले जे परिमाण आए  पनि स्वीकार गर्ने बताएका छन् । दसौँ महाधिवेशनमा मंगलबार बिहान मतदान गरेपछि रावलले निर्वाचन परिणाम स्वीकार्ने बताएका हुन् ।

उनले मतपरिणाम स्वीकार गर्ने तयार आफू अध्यक्षको प्रतिस्पर्धामा हारेदेखी केन्द्रीय सदस्यमा नबस्ने बताएका छन् ।

पार्टीका अध्यक्ष केपी ओलीले सोमबार मध्यराति सर्वसम्मतीको लागि भन्दै सार्वजनिक गरेको ३०१ जनाको सूचीमा रावलको नाम केन्द्रीय सदस्यमा राखिएको थियो ।

उनलेआफू केन्द्रीय सदस्यमा दाबी नगरेको प्रष्टसमेत पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट