धमाधम सौराहा छाड्दै एमालेका जनप्रतिनिधि-Sutra News

धमाधम सौराहा छाड्दै एमालेका जनप्रतिनिधि

मंगलबार, १४ मंसिर २०७८

मंगलबार, १४ मंसिर २०७८

काठमाडौँ । नेकपा एमालेको दशौं महाधिवेशनमा सहभागी प्रतिनिधिहरुले निर्वाचन सम्पन्न भएसंगै आफ्नो आफ्नो गन्तव्यतर्फ लम्केका छन् ।



सौराहमा जारी नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत सम्पन्न मतदानको दिउँसो १ बजेपछि मतगणना सुरु हुन लागेको छ ।

बिहान ११ बजे मतदान सकिएपछि केही बेर अगाडि मात्रै मुचुल्काको काम सकिएको भन्दै दाहालले मतगणना सुुरु गरेको दुई घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने तयारी भएको जानकारी दिए ।

निर्वाचन समितिका पदाधिकारीले केही बेर आराम गरेर मतगणना गर्ने तयारी गरेका दाहालको भनाइ छ । एमाले महाधिवेशनमा ७२ वटा विद्युतीय भोटिङ मेसिनबाट मतदान गरिएको थियो ।

महाधिवेशनमा दुई हजार ९२ जनाले मतदान गरेका उनले बताए । एमाले महाधिवेशनमा दुई हजार १५३ जना प्रतिनिधि सहभागी थिए । महाधिवेशनअन्तर्गत विभिन्न ५० पदका लागि मतदान भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट