म सचिव भएको भए पार्टी १२० को गतिमा चल्थ्यो, अब अलि कम हुन्छ-Sutra News

म सचिव भएको भए पार्टी १२० को गतिमा चल्थ्यो, अब अलि कम हुन्छ

मंगलबार, १४ मंसिर २०७८

मंगलबार, १४ मंसिर २०७८

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले आफू एमालेको नेतृत्वको टिममा नपरेकोमा टिप्पणी गरेका छन् ।



उनले अध्यक्ष केपी शर्मा ओलीसंग सचिव पदका लागि बार्गेनिङ गरेका थिए । तर एमालेमा सर्वसम्मत नभएका कारण उनी सचिवमा अटाउन सकेनन् ।

उनले अस्ति महाधिवेशनस्थलमै केपी ओली बसेको होटलमा  गएर समेत आफूलाई सचिव बनाउने विषयमा छलफल गरेका थिए । त्यसपछि ओलीले अहिल्यै सचिव बन्ने बेला नभएको भन्दै पठाएका थिए ।

उनले आफू सचिव भएको भए पार्टी अल्ली धेरै गतिमा दौडिने प्रतिक्रिया दिएका छन् । उनले भने, ‘म सचिव भएको भए पार्टी अलि छिटो गतिमा दौडिने थियो । अब अलि कम हुन सक्छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट