कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने नैनसिंह महरको घोषणा-Sutra News

कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने नैनसिंह महरको घोषणा

मंगलबार, १४ मंसिर २०७८

मंगलबार, १४ मंसिर २०७८

काठमाडौँ । नेपाली कांग्रेसका महासमिति सदस्य नैनसिंह महरले आगामी महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।



मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले पार्टीको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने बताएका हुन् ।

पत्रकारहरुसंग कुरा गर्दै उनले आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने र कुनै पदमा दोहोरिएर नबस्ने बताए । नेता महरले आफ्नो १४ एजेण्डासमेत अगाडी सारेका छन् ।

नेता महरले नेतृत्वको आवधिक कार्ययोजना महाधिवेशनमै, लोकतन्त्रको संस्थागत विकास तथा असल नेतृत्व, कुशल व्यवस्थापन, योगदानमा आधारित जिम्मेवारी, मूल्यांकनका आधारमा सम्मान, नि:शुल्क स्वास्थ्य तथा शिक्षा लगायतका एजेण्डाहरु अगाडी सारेका छन् ।

कांग्रेसले यही मंसिर २४ गतेदेखि २७ गतेसम्म केन्द्रीय महाधिवेशन गर्दैछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट