एमाले महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीकाे बैठक सौराहमै हुने-Sutra News

एमाले महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीकाे बैठक सौराहमै हुने

मंगलबार, १४ मंसिर २०७८

मंगलबार, १४ मंसिर २०७८

नेकपा एमालेको १०औं महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कमिटीको पहिलो बैठक महाधिवेशनस्थल सौराह मै हुने भएको छ ।



हाल नयाँ नेतृत्वका लागि मतगणना कार्य जारी छ । एमालेका नवनिर्वाचित केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार मतपरिणाम सार्वजनिक भएगत्तै सपथग्रहण र केन्द्रीय कमिटी बैठक बस्नेछ ।

दुई हजार १५३ जना प्रतिनिधि रहेकामा दुई हजार ९६ मत खसेको छ । विद्युतीय मेसिनबाट मतदान गरिएकाले परिणाम चाँडै आउने भएको छ । अध्यक्षमा केपी शर्मा ओली र भीम रावलको प्रतिस्पर्धा छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट