त्रिभुवन विमानस्थलबाट एकैदिन २१ किलो सुन बरामद-Sutra News

त्रिभुवन विमानस्थलबाट एकैदिन २१ किलो सुन बरामद

मंगलबार, १४ मंसिर २०७८

मंगलबार, १४ मंसिर २०७८

काठमाडौँ । त्रिभुवन विमानस्थलबाट २१ किलो सुन बरामद भएको छ ।  विदेशबाट फर्किनेहरूले ल्याएको बाला आकारको सुन विमानस्थलमा भन्सारका कर्मचारीले बरामद गरेका हुन् ।



त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईका अनुसार ४ सय १५ जनाको साथबाट २१ किलो सुन बरामद गरिएको हो ।

भन्सार कार्यालयले यसअघि यस्तो किसिमको सुन ल्याउन दिएपनि अहिले महशुल लिन थालेको छ ।

विदेशबाट फर्किनेहरूलाई सुन तस्करहरूले भरियाको रूपमा प्रयोग गरेर यस्तो खाले कारोबार गर्दै आइरहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट