नेपाल प्रहरीमा ३ पद थप्ने सरकारको निर्णय-Sutra News

नेपाल प्रहरीमा ३ पद थप्ने सरकारको निर्णय

मंगलबार, १४ मंसिर २०७८

मंगलबार, १४ मंसिर २०७८

सरकारले नेपाल प्रहरीमा ३ पद थप गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गृहको प्रस्तावलाई स्वीकृत गर्दै प्रहरी नियमावली संशोधन गर्दै वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई), सहायक हवल्दार र वरिष्ठ हवल्दार पद थप गरेको हो ।



तल्लो दर्जामा काम गर्ने कर्मचारीको मनोबल वृद्धिका लागि भन्दै सरकारले थप पदको सिर्जना गरेको गृह मन्त्रालयले जनाएको छ । मन्त्रिपरिषदबाट स्वीकृत भएको नियमवाली राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आउनेछ ।

योसँगै प्रहरी नायब निरीक्षक (सई) र प्रहरी निरीक्षकको बीचमा वरिष्ठ सई तथा जवान र प्रहरी सहायक निरीक्षक (असई) को बीचमा सहायक हवल्दार र वरिष्ठ हवल्दार पद थप हुनेछ ।

प्रहरीमा सईबाट निरीक्षक तथा जवानबाट हवल्दारमा बढुवा हुन धेरै लामो समय लाग्ने गरेका कारण सरकारले उक्त निर्णय गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट