एमाले अध्यक्षमा केपी ओली फराकिलो मतान्तरले बिजयी-Sutra News

एमाले अध्यक्षमा केपी ओली फराकिलो मतान्तरले बिजयी

मंगलबार, १४ मंसिर २०७८

मंगलबार, १४ मंसिर २०७८

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फेरी अध्यक्षमा दोहोरिएका छन् । उनीसंग प्रतिस्पर्धा गरेका उपाध्यक्ष भीम रावल  फराकिलो मतले पराजित भएका छन् ।



मत परिणाम अनुसार ओलीको पक्षमा १८०८  र भीम रावलको पक्षमा २२३ मत खसेको छ ।

एमाले महाधिवेशनमा मतदानमा २ हजार ९६ मत खसेको थियो । पदाधिकारितर्फ अध्यक्ष, उपाध्यक्ष र सचिवमा निर्वाचन भएको हो ।

त्यसैगरी ६ सिट रहेको उपाध्यक्षको चुनावी मैदानमा घनश्याम भुसालसहित सुवासचन्द्र नेम्वाङ, रामबहादुर थापा, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली  उत्रिएका छन् । भीम आचार्य र टंक कार्कीले उम्मेदवार दिएको ७ सचिव पदमा टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण बिस्ट र पद्मा अर्याल छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट