बैंक अफ काठमाण्डूद्वारा ५ लाख बीमा दावी भुक्तानी-Sutra News

बैंक अफ काठमाण्डूद्वारा ५ लाख बीमा दावी भुक्तानी

मंगलबार, १४ मंसिर २०७८

मंगलबार, १४ मंसिर २०७८

बैंक अफ काठमाण्डूले ५ लाख रुपैंयाँ बीमा दावी रकम भुक्तानी गरेको छ । बिओके सफलता मुद्दती खाता खोली बैंकिङ कारोबार गरिरहेका गोपाल खत्रीलाई दुर्घटनाजन्य पूर्ण अशक्तता बापत ५ लाख रुपैयाँको दावी भुक्तानी गरेको हो ।



दुर्घटनामा परी अशक्तता भएका खत्रीलाई बैंकले बीमा सेवा प्रदायक कम्पनी सिद्धार्थ इन्स्योरेन्स कम्पनीसँग समन्वय गरी ५ लाख रुपैंयाँ बराबरको चेक हस्तान्तरण गरेको छ ।

बैंकका नेपालगंज प्रादेशिक कार्यालयका प्रमुख गणेश खत्रीले बीमा दावी रकम खत्रीलाई हस्तान्तरण गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट