सरकारको निर्णयः कोरोनाको नयाँ भेरियन्ट संक्रमण रोक्न ‘यात्रा व्यवस्थापन आदेश’ जारी-Sutra News

सरकारको निर्णयः कोरोनाको नयाँ भेरियन्ट संक्रमण रोक्न ‘यात्रा व्यवस्थापन आदेश’ जारी

मंगलबार, १४ मंसिर २०७८

मंगलबार, १४ मंसिर २०७८

सरकारले कोरोना सङ्क्रमणको नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा भित्रिन नदिन ‘यात्रा व्यवस्थापन आदेश’ जारी गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकको निर्णयले ओमिक्रोन देखिएका मुलुकबाट आउने यात्रुको लागि ‘यात्रा व्यवस्थापनसम्बन्धी आदेश’ जारी गरेको हो ।



हिजो भएको मन्त्रिपरिषद्को निर्णय आज मंगलबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्र कार्कीले उक्त निर्णय भएको जानकारी दिएका हुन् । पछिल्लो समय दक्षिण अफ्रिकी मुलुकमा ‘ओमिक्रोन’ देखिएको पुष्टि भएको छ ।

सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भारतसँग सिमाना जोडिएका नाकाबाट अफ्रिकाबाट आउने यात्रुलाई रोक लगाउने निर्णय गरेको छ । विमानस्थल र नाकामा ओमिक्रोन भाइरसको सङ्क्रमण छ वा छैन भनेर सरकारले निगरानी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट