एमाले सचिवमा ओलीले प्रस्ताव गरेका पाँचै नेता विजयी, कसको कति मत ?-Sutra News

एमाले सचिवमा ओलीले प्रस्ताव गरेका पाँचै नेता विजयी, कसको कति मत ?

मंगलबार, १४ मंसिर २०७८

मंगलबार, १४ मंसिर २०७८

एमाले १०औँ महाधिवेशनबाट पाँच जना सचिव विजयी भएका छन् । चितवनमा भएको महाधिवेशनको मतगणनाको अन्तिम नतिजाअनुसार सचिवका उम्मेदवार टोपबहादुर रायमाझी, योगेश भट्टराई, पद्मा अर्याल, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, लेखराज भट्ट, गोकर्ण विष्ट विजयी भएका हुन् ।



विजयी हुने विष्टले १९७६, भट्टराईले १९६४, अर्यालले १८००, विश्वकर्माले १८००, भट्टले‍‍ १७०४, रायमाझीले १७०० र  महासेठले १५१३ मत ल्याए ।

सचिवका प्रत्यासीद्वय भीम आचार्य र टंक कार्की भने पराजित भएका छन् । आचार्यले १३०० मत र कार्कीले ५०० मत ल्याए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट