सर्वसम्मत नेतृत्व चयनमा जोड दिंदै निर्वाचन प्रक्रियाबाट अलग हुने राणाको घोषणा-Sutra News

सर्वसम्मत नेतृत्व चयनमा जोड दिंदै निर्वाचन प्रक्रियाबाट अलग हुने राणाको घोषणा

मंगलबार, १४ मंसिर २०७८

मंगलबार, १४ मंसिर २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमध्यका एक पशुपति शमशेर राणाले भोलीदेखि हुने पार्टीको महाधिवेशनमार्फत सर्बसम्मत नेतृत्व चयनमा जोड दिएका छन् । मंगलबार पार्टी कार्यालय चाबहिलमा पत्रकार सम्मेलन गर्दै राणाले सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्ने बताउँदै महाधिवेशनको निर्वाचन प्रक्रियाबाट आफू अलग रहेको घोषणा गरेका हुन् ।



राणाले पार्टी एकता सर्वोपरी सत्य बनेको भन्दै नेतृत्वको रस्साकसीमा फेरि पनि टुट र फुटको श्रृङ्खला दोहोरिन नदिन कुनैपनि उम्मेदवारलाई आफ्नो समर्थन नरहने स्पष्ट पारे । उनले भने– ‘देशव्यापी सद्भावना र समर्थनका बाबजुद, पार्टीको एकता र बृहत्तर हितका लागि निर्वाचन प्रक्रियाबाट अलग रहने मैले निधो गरेको छु । सहमति र सर्वसम्मतिका आधारमा पार्टी नेतृत्व चयन होस् भन्ने मेरो जोड छ । उनले राप्रपाको सार्थक निरन्तरता, एकता र सर्वसम्मतिका लागि आफ्नो भूमिका र सहयोग अनवरत रहने पनि बताए ।

राप्रपाको नयाँ नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्नदेले उम्मेदवारी घोषणा गरिसकेका छन् । अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पत्रकार सम्मेलन नै गरेर लिङ्देनलाई सघाउने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट