एमालेलाई विश्वास जगाउन पूर्वमाओवादी नेताहरु सफल-Sutra News

एमालेलाई विश्वास जगाउन पूर्वमाओवादी नेताहरु सफल

मंगलबार, १४ मंसिर २०७८

मंगलबार, १४ मंसिर २०७८

काठमाडौँ । नेकपा विवादपछि पुष्पकमल दाहाल नेतृत्वको समूहलाई छाडेर एमालेमा प्रवेश गरेका पूर्वमाओवादी नेताहरु आफूहरुले रोजेको पदमा निर्वाचित हुन सफल भएका छन् ।



२०७७ फागुन २३ गते नेकपा खारेजीमा परेपछि २०७५ जेठ २ अघिको अवस्थामा दुवै दल ब्यूँतिएका थिए।

सौराहामा चलिरहेको नेकपा एमालेको दश औं महाधिवेशनमा उपाध्यक्षमा रामबहादुर थापा बादल निर्वाचित भएका छन् ।  त्यस्तै एमाले सचिवमा लेखराज भट्ट र टोपबहादुर रायमाझी निर्वाचित भएका छन् ।

उनीहरुले चुनावमा हारे उनीहरुको राजनीतिक जीवनमा थोरै ब्रेक लाग्ने चर्चा भइरहेको थियो ।  तर उनीहरुले उम्मेदवारी दिएको पदमा उनीहरुको बर्चस्व रहन पुग्यो ।

एमालेमै रहेर उपाध्यक्षमा उम्मेदवारी दिएका लोकप्रिय नेता घनश्याम भूसालले भने हार व्यहोर्नुपर्यो ।

यसले एमाले कार्यकर्ताहरुको क्रेज एमालेमा रहेका नेतामा भन्दा पनि पूर्वमाओवादी नेताहरुप्रति बढी रहेको देख्न सकिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट