एमालेबाट अरुले पनि संस्कार सिके हुन्छ- ओली-Sutra News

एमालेबाट अरुले पनि संस्कार सिके हुन्छ- ओली

मंगलबार, १४ मंसिर २०७८

मंगलबार, १४ मंसिर २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले घमन्डी र अहंकारी नेता नहुने बताएका छन् ।



एमालेको १०औं महाधिवेशनमा अध्यक्षमा विजयी भएका ओलीले शपथग्रहण समारोहमा बोल्दै नेताहरू जनताको सेवक भएको बताए । उनले सबै नेतालाई सभ्य र सरल हुन आग्रह गरेका छन् ।

‘जनताको सेवक अत्यन्तै शालीन हुनुपर्छ’, उनले भने । उनले आफ्ना नेता कार्यकर्तालाई अध्ययनशील हुन अनुरोध गर्दै एमालेबाट अरू पार्टीले संस्कार सिक्नुपर्ने बताए ।

यसका साथै आगामी दिनमा पार्टीलाई थप सशक्त बनाएर लैजाने ओलीले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट