अर्थमन्त्रीले भने – नेपालमै मोबाइल उत्पादन गर्नुस्, सरकारले सहयोग गर्छ-Sutra News

अर्थमन्त्रीले भने – नेपालमै मोबाइल उत्पादन गर्नुस्, सरकारले सहयोग गर्छ

बुधबार, १५ मंसिर २०७८

बुधबार, १५ मंसिर २०७८

अर्थमन्त्री जनार्दन शर्माले मोबाइल व्यवसायीहरूलाई नेपालमै ब्रान्डेड मोबाइल उत्पादन गर्न सुझाव दिएका छन् ।



नेपाल मोबाइल वितरक संघको महाधिवेशन कार्यक्रमलाई उद्घाटन गर्दै अर्थमन्त्री शर्माले नेपालमै मोबाइल उत्पादन गर्न व्यवसायीहरूलाई सरकारले सहयोग गर्नेसमेत बताए ।

उनले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) तत्काल लागू गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको बताए ।

अर्थमन्त्री शर्माले अवैध मोबाइल विक्रीवितरण र राजश्व चुहावट रोक्न सरकार प्रतिबद्ध रहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट