google.com, pub-1724230173714267, RESELLER, f08c47fec0942fa0 google.com, pub-1724230173714267, RESELLER, f08c47fec0942fa0
सर्वोच्चमा प्रधानन्यायाधीशको एकलौटी तोडियो, आजबाट गोलाप्रथाद्वारा पेशी-Sutra News

सर्वोच्चमा प्रधानन्यायाधीशको एकलौटी तोडियो, आजबाट गोलाप्रथाद्वारा पेशी

बुधबार, १५ मंसिर २०७८

बुधबार, १५ मंसिर २०७८
adalat

सर्वोच्च अदालतमा पेशी तोक्ने प्रधानन्यायाधीशको अधिकार आजबाट कटौती भएको छ ।



आज गोलाप्रथाद्वारा पेशी तोकिएको हो । पहिलो दिन दुईवटा एकलसहित जम्मा १० वटा इजलास तोकिएको सर्वोच्च अदालतले जनाएको छ ।

गोला प्रक्रियाबाट तोकिएको इजलासमा वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलासमा न्यायाधीश टंकबहादुर मोक्तान परेका छन् ।

न्यायाधीश मीरा खड्काको एकल इजलास गठन भएको छ । न्यायाधीश हरिकृष्ण कार्कीको साथमा सुष्मालता माथेमाको संयुक्त इजलास गठन भएको छ ।

न्यायाधीश हरिकृष्ण कार्कीको साथमा अर्का न्यायाधीश बमकुमार श्रेष्ठको इजलास पनि परेको छ । तर त्यो इजलास मुद्दाको सुनुवाइका लागि नभइ पुरानो फैसलामा भएको त्रुटिको संशोधनका लागि हो ।

न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको साथमा बमकुमार श्रेष्ठको अर्को संयुक्त इजलास परेको छ ।अर्का न्यायाधीश डा. कुमार चुडालको एकल इजलास गठन भएको छ ।

त्यसैगरी डा. आनन्दमोहन भट्टराई र डा. मनोज शर्माको अर्को संयुक्त इजलास गठन भएको छ । न्यायाधीश अनिलकुमार सिन्हा र कुमार रेग्मीको अर्को इजलास गठन भएको छ ।प्रकाशमानसिंह राउन र हरि फूयालको अर्को इजलास गठन भएको छ ।

अर्को इजलास सपना प्रधान मल्ल र प्रकाश ढुंगानाको छ । अर्को इजलास न्यायाधीश तेजबहादुर केसी र नहकुल सुवेदीको रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट