१५ वर्षको किशोरले स्कूलमा गोली चलाएर लियो ३ जनाको ज्यान-Sutra News

१५ वर्षको किशोरले स्कूलमा गोली चलाएर लियो ३ जनाको ज्यान

बुधबार, १५ मंसिर २०७८

बुधबार, १५ मंसिर २०७८

अमेरिकाको मिचिगनस्थित एक विद्यालयमा भएको गोलीबारीमा तीन विद्यार्थीको ज्यान गएको छ भने एक शिक्षकसमेत ८ जना घाइते भएका छन् ।



स्थानीय प्रहरी अधिकारीका अनुसार मृत्यु हुनेमा १६ वर्षका एक किशोर, १४ वर्षकी किशोरी र १७ वर्षकी किशोरी रहेका छन् ।

प्रहरीका अनुसार एक १५ वर्षको विद्यार्थीले आफ्नो सेमी अटोमेटिक हाते बन्दुकले १५ देखि २० राउण्ड फायर गरेको थियो ।

आक्रमणकारीले कुन उद्देश्यले बन्दुक चलायो भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

स्थानीय अधिकारी माइक मेक्केबेले मंगलवार अक्सफोर्ड हाइस्कूलबाहिर आयोजित पत्रकार सम्मेनलमा भने, ‘मंगलवार स्थानीय समयअनुसार १२ बजेर ५१ मिनेट जाँदा आपतकालीन फोन आएको थियो । त्यसपछि प्रहरी पुगे । आक्रमणकारीले ५ मिनेटमै आत्मसमर्पण गरेको थियो ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट