google.com, pub-1724230173714267, RESELLER, f08c47fec0942fa0
राप्रपाको महाधिवेशन आजदेखिः अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देन भिड्ने-Sutra News

राप्रपाको महाधिवेशन आजदेखिः अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देन भिड्ने

बुधबार, १५ मंसिर २०७८

बुधबार, १५ मंसिर २०७८

काठमाडौँ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा)को एकता महाधिवेशन आज बुधबारदेखि सुरु हुँदैछ ।



महाधिवेशन प्रचारप्रसार समितिका संयोजक मोहन श्रेष्ठका अनुसार महाधिवेशनमा झण्डै ४ हजार ४ सय प्रतिनिधि सहभागी हुनेछन् । भृकुटीमण्डपमा सुरू हुने महाधिवेशन १७ मंसिरसम्म सञ्चालन हुनेछ ।

महाधिवेशनले १४७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । आगामी अध्यक्षका लागि वर्तमान अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्रप्रसाद लिङ्देन भिड्दैछन् ।

तीन जना अध्यक्षमध्ये  प्रकाशचन्द्र लोहनीले लिङ्देनलाई समर्थन गर्ने घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट