google.com, pub-1724230173714267, RESELLER, f08c47fec0942fa0 google.com, pub-1724230173714267, RESELLER, f08c47fec0942fa0
एमालेको महाधिवेशन बहिष्कार गरेका प्रचण्ड राजावादी पार्टीको महाधिवेशनमा झुल्किए-Sutra News

एमालेको महाधिवेशन बहिष्कार गरेका प्रचण्ड राजावादी पार्टीको महाधिवेशनमा झुल्किए

बुधबार, १५ मंसिर २०७८

बुधबार, १५ मंसिर २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राप्रपा महाधिवेशनको उद्घाटन सत्रमा सहभागी भएका छन् ।



काठमाडौंको भृकुटीमण्डपमा जारी राप्रपाको महाधिवेशनमा शुभकामना दिन अध्यक्ष प्रचण्ड पुगेका हुन् । ६ दिनअघि भएको एमालेको १०औँ महाधिवेशनमा सहभागी नभएका प्रचण्ड राप्रपा महाधिवेशनमा सहभागी हुन पुगेका हुन् ।

शुक्रबारसम्म चल्ने महाधिवेशनको उद्घाटन सत्रमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसहितका नेताहरु पनि सहभागी भएका छन् ।

राप्रपाकाे आगामी नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देनको अध्यक्ष पदमा उम्मेदवारी घोषण भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट