राजावादी पार्टी र हाम्रो पार्टीको गोत्र मिल्छ- प्रचण्ड-Sutra News

राजावादी पार्टी र हाम्रो पार्टीको गोत्र मिल्छ- प्रचण्ड

बुधबार, १५ मंसिर २०७८

बुधबार, १५ मंसिर २०७८

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राप्रपा र माओवादी केन्द्रको विचार मिल्ने बताएका छन् । देश र जनताको पक्षको विचारमा दुवै पार्टीकाे विचार मिल्ने उनकाे भनाइ छ ।



भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशनको उद्घाटन सत्रलाई बुधबार सम्बोधन गर्दै उनले राजनीतिक उद्देश्य र सिद्धान्त फरक भए पनि देशभक्ति र जनताप्रतिको भावनामा राप्रपा र माओवादी केन्द्रको मिल्ने बताएका हुन् ।‘तपाईंको र हाम्रो राजनीतिक सिद्धान्त मिल्दैन । तर, देश र जनताको पक्षमा भने समान छ’, प्रचण्डले भने, ‘त्यही भएर तपाईंको र हाम्रो गोत्र मिल्छ भनेको हुँ ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट