राप्रपा-एमाले अधिवेशनः शुभकामना दिन चितवन पुगे थापा, तर ओली भृकुटीमण्डप पुगेनन्-Sutra News

राप्रपा-एमाले अधिवेशनः शुभकामना दिन चितवन पुगे थापा, तर ओली भृकुटीमण्डप पुगेनन्

बुधबार, १५ मंसिर २०७८

बुधबार, १५ मंसिर २०७८

राप्रपाको एकता महाधिवेशनलाई शुभकामना दिन प्रधानमन्त्री तथा कांग्रेस सभापति शेवबहादुर देउवा महाधिवेशन उद्घाटनस्थल पुग्दा एमालेका नवनिर्वाचित अध्यक्ष केपी ओली भने कार्यक्रममा उपस्थित नै भएनन् ।



चितवनमा भएको एमालेको १०औं महाधिवेशनमा उपस्थित भएर राप्रपा अध्यक्ष थापाले बधाई मात्र दिएनन्, ओलीलाई राष्ट्रवादी नेताको उपमा पनि दिए ।

तर एमाले महाधिवेशन सकिएको एक दिनपछि सुरु भएको राप्रपाको एकता महाधिवेशनमा भने ओली देखिएनन्  । उनले शुभकामनाका लागि पार्टीबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पाेखरेललाई पठाए ।

ओली अनुपस्थित भए पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल भने शुभकामना दिन राप्रपा महाधिवेशन उद्घाटनस्थल पुगेका छन् ।

प्रचण्ड एमाले महाधिवेशनमा शुभकामना दिन पुगेका थिएनन् भने नेपाललाई एमालेले निम्तो नै गरेको थिएन । एमाले महाधिवेशनमा शुभकामना दिन चितवन पुगेका जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी, जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुरलगायतका नेता पनि राप्रपा महाधिवेशनमा शुभकामना दिन उपस्थित भएनन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट