ओमिक्रोन: कोरोना भाइरसका कस्ताकस्ता भेरिअन्ट छन्? के खोप अझै प्रभावकारी छन्?-Sutra News

ओमिक्रोन: कोरोना भाइरसका कस्ताकस्ता भेरिअन्ट छन्? के खोप अझै प्रभावकारी छन्?

बुधबार, १५ मंसिर २०७८

बुधबार, १५ मंसिर २०७८

विश्वभर कोभिडका हजारौँ भेरिअन्ट फैलिएको छ। यो अपेक्षित नै हो किनभने भाइरसमा उत्परिवर्तन भइरहन्छ।



तर B.1.1.529 वा ओमिक्रोनले भने विज्ञहरूलाई चिन्तित बनाएको छ।

हाल उपलब्ध कोभिड खोपहरू सुरुमा पुष्टि भएको कोभिडमा आधारित रहेको तर ओमिक्रोन भने त्योभन्दा निकै फरक रहेकाले विज्ञहरू चिन्तित बनेका हुन्।

यसमा भएको आनुवंशिक परिवर्तनहरूको सूची लामो छ।

कुल ५० परिवर्तनमध्ये ३२ वटा परिवर्तन भाइरसको स्पाइक प्रोटिनमा छ जसलाई खोपले लक्षित गरेको हुन्छ।

तर यसले कति खतरा बढाउँछ भन्ने कुरा स्पष्ट भइसकेको छैन।

के खोपले अझै काम गर्छ?

विज्ञहरूका अनुसार हाल उपलब्ध खोपले राम्रोसँग काम नगर्न सक्छ। तर यसको अर्थ यो होइन कि खोपले सुरक्षा प्रदान गर्दै गर्दैन।

कोभिडका डेल्टा, अल्फा, बीटा अनि गामा जस्ता प्रमुख भेरिअन्टहरूले गराउन सक्ने गम्भीर बिरामी हुनबाट जोगाउन खोपहरू अझै प्रभावकारी छन्।

हाल देखिएका अनि भविष्यमा देखिन सक्ने भेरिअन्टहरूबाट अधिकतम सुरक्षा प्राप्त गर्नका लागि खोपका सुझाइएको मात्रा प्राप्त गर्न अत्यावश्यक रहेको चिकित्सकहरू बताउँछन्।

यूकेमा निम्न लिखित मानिसहरूलाई बुस्टर मात्रा दिइएको :

यूकेमा हालसम्म एक करोड ६० लाखभन्दा बढी कोभिड खोपका बुस्टर वा तेस्रो मात्रा दिइएको छ।

यूकेमा कोभिड सङ्क्रमण बढी रहेको भए पनि अस्पताल पुर्याउनुपर्नेहरू र मृत्यु सङ्ख्या भने विगतका लहरमा देखिएभन्दा कम छ।

विज्ञहरू यसको श्रेय खोप कार्यक्रमको सफलतालाई दिन्छन्।

नयाँ भेरिअन्टविरुद्ध खोप प्रभावकारी हुन्छ या हुँदैन हेर्नका लागि वैज्ञानिकहरूले परीक्षणहरू गर्नेछन्।

नयाँ खोप कहिले?

कोभिड भेरिअन्टविरुद्ध खोपहरूको नयाँ संस्करणहरू कुनै बिन्दुमा आवश्यक पर्न सक्ने आकलन गरेर परीक्षण भइरहेका छन्।

परीक्षणका लागि नयाँ खोपहरू केही हप्तामै तयार हुन सक्छ। बीबीसी

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट