माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज, महाधिवेशनबारे छलफल हुने-Sutra News

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज, महाधिवेशनबारे छलफल हुने

बिहिबार, १६ मंसिर २०७८

बिहिबार, १६ मंसिर २०७८
फाइल फोटो

पार्टीको आसन्न महाधिवेशनका बारेमा छलफल गर्न नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बोलाइएको छ ।



बिहीवार अपराह्न १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको हो ।

पार्टी कार्यालय सचिवालयले बैठकमा आसन्न महाधिवेशनसँगै समसामयीक राजनीतिक विषयमासमेत छलफल हुने जनाएको छ ।

टोल वडा र पालिका अधिवेशन सम्पन्न गरेको माओवादी केन्द्रले आगामी मङ्सिर २५ गते सातै प्रदेशमा प्रदेश सम्मेलन गर्ने तयारी गरिरहेको छ ।

आगामी पुस ११ देखि १३ गतेसम्म माओवादी केन्द्रले काठमाडौँमा राष्ट्रिय सम्मेलन गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट