चोलेन्द्रलाई महाभियोग लगाउन अरु माने, देउवा मानेनन्  -Sutra News

चोलेन्द्रलाई महाभियोग लगाउन अरु माने, देउवा मानेनन्  

बिहिबार, १६ मंसिर २०७८

बिहिबार, १६ मंसिर २०७८

काठमाडौँ । विवादमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियोग लगाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई राजानीतिक दलका नेताहरुले दबाब दिएका छन् ।



पटकपटक विवादमा आएका तर अहिलेसम्म राजीनामा नदिएका चोलेन्द्रलाई अब महाभियोग नै लगाएर हटाउन सत्ता गठबन्धनका नेताहरुले नै प्रधानमन्त्रीलाई दबाब दिएका हुन् ।

उनलाई नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दबाब  दिन सुरु गरेको एक नेताले जानकारी दिए ।

उनलाई महाभियोग लगाउनका लागि सत्ता गठबन्धनका अन्य नेताहरुले पनि पटकपटक छलफल गर्दै आइरहेका छन् ।

सत्तारुढ पाँच दलका शीर्ष नेताहरूको बैठकले प्रधानन्यायाधीश राणालाई बिदामा बसेर कार्यवाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएको छ ।

देउवा अदालतको परमादेशबाट प्रधानमन्त्री बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट