मुख्यमन्त्रीले विश्वासको मत लिएपछि कर्णाली प्रदेशसभाको बैठक अन्त्य-Sutra News

मुख्यमन्त्रीले विश्वासको मत लिएपछि कर्णाली प्रदेशसभाको बैठक अन्त्य

बिहिबार, १६ मंसिर २०७८

बिहिबार, १६ मंसिर २०७८

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिएपछि प्रदेशसभाको बैठक अन्त्य गरिएको छ । मुख्यमन्त्री शाहीले विश्वासको मत लिएपछि कर्णाली प्रदेशसभाको नवौं अधिवेशन अन्त्य भएको हो ।



मुख्यमन्त्री शाहीले विश्वासको मत लिने प्रयोजनका लागि १४ मंसिरमा आह्वान गरिएको हिउँदे अधिवेशन १५ मंसिर मध्यराति १२ बजेबाट  अन्त्य गरिएको छ । मुख्यमन्त्री शाहीले १४ गते संसदमा विश्वासको मत मागेका थिए । उनले १५ गते विश्वासको मत लिएका थिए । हिउँदे अधिवेशनका दुईवटा अधिवेशनमा प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले) सहभागी भएन ।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले बुधबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट