राप्रपा महाधिवेशन : मतपत्र र भोटिङ मेसिन दुवै प्रयोग गरिने-Sutra News

राप्रपा महाधिवेशन : मतपत्र र भोटिङ मेसिन दुवै प्रयोग गरिने

बिहिबार, १६ मंसिर २०७८

बिहिबार, १६ मंसिर २०७८

काठमाडौंमा जारी राप्रपा महाधिवेशनमा नेतृत्व चयनका लागि मतपत्र र भोटिङ मेसिन प्रयोग गरिने भएको छ ।



बुधबारबाट सुरू भएको महाधिवेशनको बन्दसत्र चलिरहेको छ । नेतृत्व चयनका लागि दुवै मतपत्र र मेसिन प्रयोग गरिन लागेका राप्रपाका युवा नेता तथा अधिवक्ता सुजित केसीले जानकारी दिए ।

उनका अनुसार अध्यक्ष पदमा मतपत्र र बाँकी पदको निर्वाचनमा मेसिन प्रयोग गरिन लागेको हो ।

अध्यक्ष पदमा कमल थापा र राजेन्द्र लिङ्देनको औपचारिक उम्मेदवारी घोषणा भएको छ ।

महाधिवेशन सुरू भएको दोस्रो दिन भइसक्दा पनि प्रतिनिधिको टुंगो लागिसकेको छैन ।

शीर्षनेता र निर्वाचन समितिका प्रतिनिधि बसेर महाधिवेशन प्रतिनिधिको नामावली टुंगो लगाउने प्रयास भइरहेको नेता केसीले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट