एमालेकै उपाध्यक्ष भन्छन्- माओवादीसँग फेरी एकता गर्नुपर्छ-Sutra News

एमालेकै उपाध्यक्ष भन्छन्- माओवादीसँग फेरी एकता गर्नुपर्छ

बिहिबार, १६ मंसिर २०७८

बिहिबार, १६ मंसिर २०७८

नेकपा (एमाले) का नवनिर्वाचित उपाध्यक्ष युवराज ज्ञवालीले आफ्नो पार्टीप्रति जनताको आकर्षण निरन्तर बढ्दो रहेको दाबी गर्नुभएको छ ।



रिपोर्टर्स क्लब नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले एमाले नै आगामी निर्वाचनपछि पनि पहिलो दल बन्ने र बहुमत ल्याउने दाबी गरे । उपाध्यक्ष ज्ञवालीले फेरि पनि वामपन्थीहरुबीच एकताको आवश्यकत्ता रहेको बताए ।

त्यस्तै उनले कमिकमजोरी  सच्याएर एमाले अब सशक्त भएर अघि बढ्ने पनि दाबी गरे । ज्ञवालीले नेपालको राजनीतमिा एमालेले मूख्य भूमिका निर्वाह गर्नुपर्ने भएकोले आफूहरु सोहीअनुसार तयारीका साथ अघि बढेको पनि धारणा राखे ।

उनले महाधिवेशनमा कतिपय छुटेकालाई १० प्रतिशत मनोनिततर्फ ल्याउने जानकारी दिए।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट