सन् २०२२ को पहिलो त्रैमासिकमा सस्तो फोन सार्वजनिक गर्दै एप्पल-Sutra News

सन् २०२२ को पहिलो त्रैमासिकमा सस्तो फोन सार्वजनिक गर्दै एप्पल

बिहिबार, १६ मंसिर २०७८

बिहिबार, १६ मंसिर २०७८

एप्पलले सन् २०२२ को पहिलो त्रैमासिकमा आफ्नो सस्तो सिरिज ‘आईफोन एसई’ मा नयाँ उत्पादन सार्वजनिक गर्ने देखिएको छ । आउँदो मार्चको अन्त्य तिर एसईको तेस्रो जेनेरेसनको रुपमा नयाँ उत्पादन सार्वजनिक गर्ने गरी हाल कम्पनीले तयारी गरिरहेको जनाइएको छ ।



फाइभजी सपोर्ट गर्ने नयाँ आईफोन एसई मिड–रेन्जको स्मार्टफोन हुनेछ । मीड रेन्जमा उपलब्ध हुने यो फोनले एप्पललाई बजारमा स्थापित गर्न थप मद्दत गर्ने अनुमान गरिएको छ ।

त्यो हिसाबले पनि कम्पनीले यो रेन्जमा एकै पटक करिब दुई करोड ५० लाख देखि तीन करोड स्मार्टफोन उत्पादन गर्ने लक्ष्य राखेको छ । टच आईडी होम बटन, मोटो बेजेल्स सहित यो फोनमा ४.७ इन्चको डिस्प्ले हुने बताइएको छ ।

त्यस्तै यसमा पनि नयाँ ए१५ चिप प्रयोग गरिने अनुमान छ । आईफोन एसई सिरिज अन्तरगत पहिलो स्मार्टफोन कम्पनीले २०१६ को मार्चमा सार्वजनिक गरेको थियो ।

२०१८ पछि यसको उत्पादनमा रोक लगाएको थियो । भने, सन् २०२० को अप्रिलमा पूनः आईफोन एसईको दोस्रो संस्करण बजारमा ल्याएको थियो र यो अहिले पनि बजारमा बिक्रीमा छ । टेकपाना

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट